Incident Reports

संघीय समाजवादीबाट आचारसंहिताको उलङ्घन l

2013-10-30

Province 1, Khotang, Rupakot Majhuwagadhi

२ अन्तर्गतका काउले, डम्वर्खुशिवालय, चिसापानी, दिप्लुङ लगायतका गाविसहरूमा उक्त पार्टीले भित्तेलेखन भेटिएको हो । निर्वाचन आचारसंहितामा भित्ते लेखन गरी चुनावको प्रचार/प्रसार गर्न नपाईने व्यवस्थाको विरुद्ध उसले प्रचार/प्रसारमा भित्ते लेखनको प्रयोग गरेको हो । जिल्लास्थित मुख्य निर्वाचन अधिकृत इश्वरीप्रसाद गौतमले भित्ते लेखन गरेको बारे जानकारी नआएको र आचारसंहिता विपरीत भित्तेलेखन गरेको पाईएमा सो पार्टीलाई सचेत गराइने बताए । संघीय समाजवादी पार्टीका जिल्ला सदस्य युगसन राईले भित्ते लेखन गर्नु सामान्य कुरा रहेको बताएका छन् । उनले भित्ते लेखन गर्ने आफ्नो पार्टीको नीति नरहेको बताउँदै र कार्यकर्ताले त्यसो गरेको भए तत्कालै मेट्ने बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis