Incident Reports

प्रदेश सरकारको बिदामा लफडा : मन्त्रीले नै लगाए राष्ट्र बैंकमा ताला

2018-08-27

प्रदेश सरकारले दिएको बिदा अवज्ञा गरेको भन्दै दुई नम्बर प्रदेश सरकारका एक मन्त्रीले नेपाल राष्ट्र बैंकको जनकपुरस्थित क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । प्रदेश सरकारले आइतबार रक्षाबन्धनका अवसरमा दिएको बिदा अटेर गरेर कार्यालय सञ्चालन गरेको भन्दै दुई नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले मुरली चोकस्थित राष्ट्र बैंकको क्षेत्रीय कार्यालयमा ताला लगाएका हुन् । प्रदेश सरकारको बिदा अटेर गरेको भन्दै मन्त्री यादवले आफैँ नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेर जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् । त्यहाँ उनले कार्यालय सञ्चालन नगर्न निर्देशन दिएका छन् । रक्षाबन्धनको प्रदेश बिदा संघीय सरकार अन्तरगतका कार्यालयले अटेर गरेपछि आफैँले ताला लगाउन बाध्य भएको काननुमन्त्री यादवले बताएका छन् । प्रजिअको कार्यालयमा पुगेका उनले कार्यालय नचलाउन निर्देशन दिए । संघीय सरकार अन्तरगतका जिल्ला प्रशासनसहितका कार्यालयले प्रदेश सरकारले यसअघि दिँदै आएका बिदा नमान्ने जनाएका थिए ।
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Morang

0 Comments

Related Reports
Related Trend Analysis