Incident Reports

Man files complaint against neighbor in accusation of raping wife

2018-08-28

Lumbini, Rolpa, Rolpa

A man in Madi rural municipality-1 has filed a complaint against 48-year-old Birbal Buda Magar, on Saturday, in accusation of raping his wife. According to Inspector Raj Kumar Pahadi of Area Police Office, Ghartigaun, the accused has been taken into custody for investigation. The man has claimed that he filed a complaint after finding out that his wife was raped on August 23 around 4:30 pm. According to sources, the husband attacked the accused with a wooden plank after finding out about sexual relationship between his wife and the accused. The accused sustained injuries in his head from the attack. However, 'the victim' has not filed a complaint against the accused. रोल्पामा एक पुरुषले आफ्नी पत्नीलाई छिमेकी पुरुषले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । माडी गाउँपालिका–१ घर्तीगाउँका ती पतिले आफ्नी पत्नीलाई छिमेकी ४८ वर्षीय बीरबल बुढामगरले बलात्कार गरेको आरोपसहित इलाका प्रहरी कार्यालय घर्तीगाउँमा शनिबार उजुरी दिएका हुन् । इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक राजकुमार पहाडीका अनुसार उजुरी आएपछि आरोपित बुढामगरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । आइतबार नै आरोपितलाई थप अनुसन्धानका लागि जिल्ला अदालतमा उपस्थित गराइयो । अदालतबाट १५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए । प्रहरीमा परेको उजुरीमा आफ्नी पत्नीलाई छिमेकी बुढामगरले उनकै पसलमा लगेर बलात्कार गरेको उल्लेख गरेका छन् । भदौ ७ गते दिउँसो साढे चार बजे पत्नीमाथि बलात्कार भएको थाहा पाएर आफुले उजुरी दिएको उनले दावी गरेका छन् । स्रोतका अनुसार आरोपित बुढामगर र महिलाबीच यौनसम्बन्ध भइरहेको गाउँलेले थाहा पाएर उनका पतिलाई सुनाएका थिए । रिसले आवेगमा आएका पतिले आरोपित पुरुषलाई उनकै पसलमा चिर्पटले हानेका थिए । आरोपित बुढामगर टाउकोमा चोट लागेर रक्ताम्य भएपछि ती महिलाका पतिले पत्नीमाथि जबरजस्ती करणी गरेको उजुरी दिएको बताइएको छ । महिलाले भने उजुरी दिएकी छैनन् । पतिको जाहेरीका आधारमा बलात्कारमा परेकी भनिएकी महिलालाई पनि प्रहरीले सोधपुछ गरिरहेको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis