Incident Reports

छिमेकीले पत्नीलाई बलात्कार गरेको भन्दै पतिकै उजुरी

2018-08-28

Lumbini, Rolpa, Rolpa

रोल्पामा एक पुरुषले आफ्नी पत्नीलाई छिमेकी पुरुषले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । माडी गाउँपालिका–१ घर्तीगाउँका ती पतिले आफ्नी पत्नीलाई छिमेकी ४८ वर्षीय बीरबल बुढामगरले बलात्कार गरेको आरोपसहित इलाका प्रहरी कार्यालय घर्तीगाउँमा शनिबार उजुरी दिएका हुन् । इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक राजकुमार पहाडीका अनुसार उजुरी आएपछि आरोपित बुढामगरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । आइतबार नै आरोपितलाई थप अनुसन्धानका लागि जिल्ला अदालतमा उपस्थित गराइयो । अदालतबाट १५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए । प्रहरीमा परेको उजुरीमा आफ्नी पत्नीलाई छिमेकी बुढामगरले उनकै पसलमा लगेर बलात्कार गरेको उल्लेख गरेका छन् । भदौ ७ गते दिउँसो साढे चार बजे पत्नीमाथि बलात्कार भएको थाहा पाएर आफुले उजुरी दिएको उनले दावी गरेका छन् । स्रोतका अनुसार आरोपित बुढामगर र महिलाबीच यौनसम्बन्ध भइरहेको गाउँलेले थाहा पाएर उनका पतिलाई सुनाएका थिए । रिसले आवेगमा आएका पतिले आरोपित पुरुषलाई उनकै पसलमा चिर्पटले हानेका थिए । आरोपित बुढामगर टाउकोमा चोट लागेर रक्ताम्य भएपछि ती महिलाका पतिले पत्नीमाथि जबरजस्ती करणी गरेको उजुरी दिएको बताइएको छ । महिलाले भने उजुरी दिएकी छैनन् । पतिको जाहेरीका आधारमा बलात्कारमा परेकी भनिएकी महिलालाई पनि प्रहरीले सोधपुछ गरिरहेको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis