Incident Reports

Woman found dead in suspicious circumstances

2018-08-26

Bagmati, Kathmandu, Kathmandu

20-year-old Kopila Shrestha from Tarkeshwor municipality has been found dead in Royal Galaxy Dance bar in Sundhara on Sunday. Police have arrested Sagar Karki for the further investigation. According to the police, Sagar and Kopila were together drinking alcohol on Sunday at Kopila place. Later she was found hanging inside the toilet and Sagar rush her to the hospital. But police said that she might have been murdered over a dispute. Police are waiting for the post-mortum report काठमाडौंको सुन्धारास्थित रोयल ग्यालेक्सी डाक्स बारमा काम गर्ने एक युवतीको रहस्यमय मृत्यु भएको छ । तारकेश्वर नगरपालिकाको शेषमतीमा डेरा गरी बस्दै आएकी २० वर्षीय जेनिशा भनिने कोपिला श्रेष्ठको आइतबार राति मृत्यु भएको हो । प्रहरीले घटनामा संलग्न भएको आशंकामा प्रेमी सागर कार्कीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त, बालाजुका डिएसपी चिरञ्जीवी कोइरालाले उनलाई पक्राउ गरिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको बताए । डान्स बारमै चिनजान भएर नजिकिएका उनीहरु नियमित जसो भेटघाट गरिरहन्थे । आइतबार उनीहरु युवतीकै डेरामा थिए । प्रहरीलाई युवकले दिएको बयान अनुसार उनीहरुले दिनभर मदिरा पिएका थिए । ‘साँझ म ट्वाइलेटमा गएको वेला ऊ सलको पासो लाएर झुण्डिछ, मैले देख्ने वित्तिकै निकालेर अस्पताल लगेको हुँ’, युवकले दिएको बयानलाई उदृत गर्दै प्रहरीले भन्यो । यद्यपि, प्रहरीले युवकको बयानलाई विश्वास गर्न सकेको छैन । युवतीको भने त्रिवी शिक्षण अस्पतालमा मृत्यु भएको हो । कुनै विवादमा उनको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । तर, युवतीको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै त्यो विषय निक्र्यौल हुने डिएसपी कोइरालाले बताए । पक्राउ परेका कार्कीमाथि मंगलबार म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने प्रहरीको तयारी छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments