Incident Reports

शेषमतीमा ‘बार गर्ल’ को रहस्यमय मृत्यु, युवक पक्राउ

2018-08-26

Bagmati, Kathmandu, Kathmandu

Police are waiting for the post-mortum report काठमाडौंको सुन्धारास्थित रोयल ग्यालेक्सी डाक्स बारमा काम गर्ने एक युवतीको रहस्यमय मृत्यु भएको छ । तारकेश्वर नगरपालिकाको शेषमतीमा डेरा गरी बस्दै आएकी २० वर्षीय जेनिशा भनिने कोपिला श्रेष्ठको आइतबार राति मृत्यु भएको हो । प्रहरीले घटनामा संलग्न भएको आशंकामा प्रेमी सागर कार्कीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त, बालाजुका डिएसपी चिरञ्जीवी कोइरालाले उनलाई पक्राउ गरिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको बताए । डान्स बारमै चिनजान भएर नजिकिएका उनीहरु नियमित जसो भेटघाट गरिरहन्थे । आइतबार उनीहरु युवतीकै डेरामा थिए । प्रहरीलाई युवकले दिएको बयान अनुसार उनीहरुले दिनभर मदिरा पिएका थिए । ‘साँझ म ट्वाइलेटमा गएको वेला ऊ सलको पासो लाएर झुण्डिछ, मैले देख्ने वित्तिकै निकालेर अस्पताल लगेको हुँ’, युवकले दिएको बयानलाई उदृत गर्दै प्रहरीले भन्यो । यद्यपि, प्रहरीले युवकको बयानलाई विश्वास गर्न सकेको छैन । युवतीको भने त्रिवी शिक्षण अस्पतालमा मृत्यु भएको हो । कुनै विवादमा उनको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । तर, युवतीको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै त्यो विषय निक्र्यौल हुने डिएसपी कोइरालाले बताए । पक्राउ परेका कार्कीमाथि मंगलबार म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने प्रहरीको तयारी छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports