Incident Reports

बालिका लिएर भाग्दा भाग्दै स्थानीयले समाते अपहरणकारी

2018-08-28

Province 1, Morang, Uralabari, Ward 6

बालिका अपहरणमा संलग्नको आरोपमा प्रहरीले एक नेपालीभाषी भारतीय नागरिकलाई पक्राउ गरेको छ । मोरङको उर्लाबारीबाट भारतको आसाम राज्यको तीनसुकिया जिल्ला अन्तर्गत ग्रोगाहा टोलका गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाका अनुसार उर्लाबारी ६ जनपथ टोलकी ४ वर्षकी बालिका दीपिका घिमिरेलाई अपहरण गरेको आरोपमा कार्की पक्राउ परेका हुन् । सोमबार साँझ घरनजिकै खेलिरहेकी दीपिकालाई कार्कीले बोकेर लगेका थिए । करिब २ सय मिटर टाढाबाट दीपिकालाई स्थानीय र आफन्तले नियन्त्रणमा लिएका थिए । प्रहरीका अनुसार साथीहरुसंग खेलिरहेकी दीपिकालाई कार्कीले एक्कासी आएर आफ्नो भाञ्जी भन्दै बोकेर लगेपछि उनका साथीहरुले दीपिकाको परिवारलाई खबर गरेका थिए । तत्काल दीपिकालाई खोजी गर्ने क्रममा करिव २ सय मिटर पर कार्कीले दीपिकालाई बोकेर लगिरहेको अवस्थामा स्थानीय र आफन्तले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । प्रहरी निरीक्षक तिम्सिनाका अनुसार उनलाई अपहरण मुद्धा चलाइएको छ । उनको विषयमा थप अनुसन्धानसमेत भइरहेको प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments

Related Reports