Incident Reports

दुई उम्मेदवारको गाडीमा आगजनी

2013-11-01

विराटनगर, कार्तिक १५ - मोरङ र सुनसरीका एमाओवादी उम्मेदवारको चुनावी प्रचारमा प्रयोग गरिएका दुईवटा गाडीमा बिहीबार राति आगजनी गरिएको छ । आगजनी कसले गरेको भन्ने खुलिसकेको छैन । तर, सम्बन्धित पार्टीले भने विपक्षी राजनीतिक दलका कार्यकर्ताले आगजनी गरेको दावी गरेका छन् । सुनसरी क्षेत्र नम्बर २ मा एमाओवादीबाट उम्मेदवार बनेकी रामकुमारी चौधरीको गाडीमा राति करिब २ बजेतिर आगजनी भएको छ । चौधरी बस्ने स्थान वीपी चोकस्थित कोठा अगाडि पार्किङ गरेर राखिएको को १ च ५८५१ नम्बर जिपमा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ । आगजनी कसले गर्‍यो भन्ने खुलेको छैन । उम्मेदवार चौधरीले आफ्नो गाडीमा आगजनी भएको उल्लेख गर्दै विपक्षी पार्टीका कार्यकर्ताले आगजनी गरेको बताइन् । यसैगरी मोरङ क्ष्ाेत्र नम्बर ८ का एकीकृत माओवादी उम्मेदवार गोपी अछामीको चुनाव प्रचारका लागि प्रयोग गरिएको एउटा जिपमा पनि गएराति आगजनी भएको छ । पार्टीका अनुसार मोटरसाइकलमा आएका दुईजनाले पेट्रोल छर्केर गाडीको अगाडिपट्टकिो भागमा प्रहार गरेका थिए । आगो लाग्नासाथ कार्यकर्ताले तत्कालै निभाएकाले बढी क्षति नभएको पार्टीले जनाएको छ

0 Comments

Related Reports