Incident Reports

मृत अवस्थामा फेला (updated)

2018-09-03

Lumbini, Arghakhanchi, Sandhikharka

गएको भदौ १८ गते सोमबार सन्धिखर्क नगरपालिका–१२, बस्यालटोला नजिकै बोरामा फालेको अवस्थामा भेटिएको शवको पहिचान भएको छ । सन्धिखर्क –१२, बस्याल टोलाको चिलीयाथुम खोल्सामा भेटिएको शव कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर –७, धैरेनीडाँडाका ३६ वर्षीय धनबहादुर घर्ती मगरको रहेको पुष्टि भएको हो । डिभर्ना बस्याल टोलाका महिलाहरु खरबारीमा घाँस काट्न गएको बेला दूर्गन्ध आएपछि के मरेछ भनेर खोज्दै जाँदा स्थानीयहरुले अनुहार नै नचिनिने अवस्थामा एउटा शव देखेका थिए । शव देखेपछि स्थानीयहरुले प्रहरीलाइ खबर गरेका थिए । बेवारिसे शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । बेवारिसे शव भेट्टिएको २ दिनपछि कपिलवस्तुको वाणगंगा –७, धैरेनीडाँडा बस्ने ३६ वर्षीय धनबहादुरको हुन सक्ने भन्दै मंगलबार राति श्रीमती राधा घर्ती मगर जिल्ला अस्पतालमा आएर शव हेरिन् । शव हेरेपछि ‘मेरो श्रीमानको शव होइन’ भनेर राधा फर्किइन् । प्रहरीले ‘राम्रोसँग हेर्नुस्, हुन सक्छ’ भन्यो । त्यसपछि उनले भनिन्, ‘मेरो श्रीमानलाई मैले भन्दा अरु कसले चिन्न सक्छ । यो शव मेरो श्रीमानको होइन ।’ आफ्नो श्रीमानको शव नभएको भन्दै राति नै राधा घर फर्केकी थिइन् । प्रहरीले फेरि राधालाइ जिल्ला प्रहरी कार्यालयमा बोलायो । शवको बारेमा फेरि अनुसन्धान सुरु गर्यो । प्रहरीसँग राधाले आफ्नो श्रीमानले घडी नलगाउने, कपाल अर्कै रहेको भनेर झुटो विवरण बताइन् । प्रहरीलाई शंका लाग्यो र हिरासतमा राखेर अनुसन्धान गर्दा उनले आफ्नो प्रेमीले हत्या गरेको खुलासा गरिन् । हत्या गरेर बोरामा बानेर फालेको उनले स्वीकार गरिन । यसरी सुरु भयो षड्यन्त्र कपिलवस्तु वाणगंगा –७, धैरेनीडाँडा निवासी ३३ वर्षीय राधा घर्तीमगरका श्रीमान ३६ वर्षीय धनबहादुर घर्तीमगर कामको सिलसिलामा बागलुङ गएका थिए । त्यही मौका छोपी भदौ १० गते राधाका प्रेमी रुकुम घर बताउने रमेश विक विदेशबाट राधाको घरमा आए । उनी राधासँगै घरमा तीन दिनसँगै बसे । राधा, राधाकी आमा र रमेश तीन जना भएर कपिलवस्तुबाट अर्घाखाँचीको यात्रा तय गरे । सन्धिखर्कबाट ट्याक्सी चढेर राधाको माइती सन्धिखर्क नगरपालिका वडा नम्बर १२ डिभर्नाको बस्याल टोला पुगे । उता दसैँमा आउँछु भनेर बाग्लुङ गएका राधिकाका श्रीमान धनबहादुर घर्तीमगर अचानक घर आए । घरमा श्रीमतीलाई देखेनन् । श्रीमती नदेखेपछि फोन गरे । फोनमा किन नभनी माइती गएको भनेर कुराकानी भयो । कुराकानीकै क्रममा वादविवाद भयो । धनबहादुरले भने, ‘तँ आउने कि म आम ?’ राधाले भनिन्, ‘तपार्इँ आउन पर्दैन । भाडा छैन । म भोलि आउँछु ।’ धनबहादुर एक्कासि १३ गते साँझ नै ससुराली डिभर्ना आइपुगे । सुरुरालीमा श्रीमतीले अर्कै मान्छे लिएर आएको देखेपछि उनीहरुबीच भनाभन सुरु भयो । भनाभनपछिको उग्र रुपले धनबहादुरको हत्या भयो । हत्या गरेर बोरामा बाँधेर जंगलमा फालेको प्रहरी अनुसन्धानमा राधा र उनको माइती परिवारले स्वीकार गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक खिमबहादुर घर्ती मगरले बताउनुभयो । धनबहादुरको हत्या गरेको अर्को दिन बिहानै राधा र रमेश कपिलवस्तुतर्फ लागे । राधा वाणगंगा र रमेश आफ्नो सुटकेस समेत नलिइकन आफ्नो सुटकेस पठाइदिन भनेर बनगाइबाट हिँडेको राधाले बताएकी छन् । राधिकाको बुबा आमा र राधिकालाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Police website , National/Online Media

0 Comments

Related Reports