Incident Reports

पेस्तोलसहित एकजना पक्राउ

2018-08-20

भारतबाट पेस्तोल लिएर नेपाल आउंदै गरेको अवस्थामा बाँके प्रहरीले जाजरकोटका एक युवालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतबार बिहान ७ बजे जमुनाहा नाकाबाट नेपालगन्ज प्रवेश गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहको टोलीले चेकजाँच गर्दा जाजरकोट भेरी नगरपालिका-९ बस्ने २१ बर्षका अमृत बिकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले बिकको साथबाट १ थान एअरगन पेस्तोल र उक्त पेस्तोलमा लाग्ने ३० वटा छर्रा बरबाद गरेको हो ।
Local Newspaper - Banke

0 Comments

Related Reports
Related Trend Analysis