Incident Reports

ललितपुरबाट १ पेस्तोल, २ राउन्ड गोलीसहित पाँच जना पक्राउ

2018-09-06

Bagmati, Lalitpur, Lalitpur

They were arrested with 1 pistol, 2 round bullets and 1 magazine नगद लुटपाट गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । प्रहरीले लुटपाटमा प्रयोग भएको मोटरसाइकलसहित उनीहरुलाई बुधबार बिहान ललितपुरको सानागाउँबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा खानीखोला गाउँपालिका–७ बस्ने २८ वर्षीय अनिल घिसिङ, सोही गाउँपालिका–२ बस्ने ३६ वर्षीय रमेश थोकर, २३ वर्षीय जगत बहादुर गोले, पनौती नगरपालिका–८ बस्ने २२ वर्षीय विकास बन्जरा र २७ वर्षीय निशान गोले रहेका छन् । खानीखोला गाउँपालिका–७ स्थित छोईछेलकुण्डलिङ गुम्बाका पुजारी ८४ वर्षीय तिलक लामालाई गएराति बा५६प ७०८३ र बा६७प ३७३३ नम्बरको मोटरसाइकलमा आएका ५ जना अपरिचित व्यक्तिहरुले हतियार देखाई मन्दिरमा रहेको १ शंख र ३ लाख ५० हजार रुपैयाँ लुटेर फरार भएका थिए । खबर प्राप्त हुनासाथ ललितपुरको प्रहरी चौकी गिम्दी र चौकी गोटिखेलबाट खटिएको प्रहरीले टोलीले लुटपाटमा प्रयोग भएको मोटरसाइकलसहित उनीहरुलाई बुधबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख (एसपी) रविराज खड्काले जानकारी दिए । खड्काको अनुसार उनीहरुको साथबाट १ थान पेस्तोल, २ राउन्ड गोली, १ थान म्यागजीन प्रहरीले बरामद गरेको छ । प्रहरी निरीक्षक परशुराम घिमिरेको कमाण्डमा खटिएको १० जनाको टोलीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis