Incident Reports

विराटनगरमा कुकर बम भेटियो l

2013-11-01

Province 1, Morang, Uralabari

एकीकृत माओवादीको मोरङ निर्वाचन क्षेत्र नं ९ को क्षेत्रीय पार्टी कार्यालय नजिक आज बिहान बम फेला परेको छ । उर्लाबारी–२ स्थित क्षेत्रीय पार्टी कार्यालयको १५ फिट नजिक पश्चिमपट्टी प्रेसर कुकर बम फेला परेको हो । आज बिहान स्थानीयबासीले कार्यालय नजिकैबाट उत्तर जाने भित्री सडकमा बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । बम निष्क्रिय गर्न पूर्वी पृतना हेडक्वाटर इटहरीबाट सेनाको टोली आउँदै गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक खगेन्द्र खड्काले बताए। कुकरमा तार बेरेर राखिए पनि सो बम नभई चुनाव बहिष्कार गरेका पार्टीले जनतामा आतङ्क फिँजाउन चालेको कदम भएको एमाओवादीका राजेन्द्र पौडेलले बताए। मोरङ ९ नं क्षेत्रबाट एमाओवादीका नेता वर्षमान पुन उम्मेदवार छन्। रासस

0 Comments

Related Reports
Related Trend Analysis