Incident Reports

Awadh Post: One inured in group clash

2018-08-31

Lumbini, Banke, Nepalgunj

A man have been seriously injured in a group clash between two side at Nepalgunj near MP school. Arabi Hussain of Nepalgunj have been injured in a firewood attack from another group. Seriously injured Ansari's treatment in undergoing at Nepalgunj Medical College. Police said there are 21 stitches in Ansari's head. Police had also seized a knife from the place where clash occurred. Police said the suspected accused Munni Khan is absconded after clash. नेपालगन्जको एमपी स्कूल नजिकै दुई समूहबीच झगडा हुँदा १ जना गम्भीर घाईते भएका छन् । एउटा समूहको आक्रमणबाट एकलैनी निवासी अरबी हुसेन अन्सारी गम्भीर घाईते भएका हुन् । अन्सारीको टाउकोमा दाउराले प्रहार भएको छ । घटना आज बिहान करिब ११ बजेको हो । गम्भीर घाईते अन्सारीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भईरहेको छ । उनको टाउकोमा २१ वटा टाँका लगाईएको शिक्षण अस्पतालबाट पत्रकार सुनिल रेग्मीले जानकारी दिएका छन् । रेग्मीका अनुसार अन्सारीको अवस्था खतरामुक्त छ । घटनास्थलबाट एउटा लामो चक्कु बरामद भएको प्रहरीले जनाएको छ । बरामद चक्कु अन्सारीकै भएको प्रत्यक्षदर्शीलाई उधृत गर्दै प्रहरीले जनाएको छ । तर घाईते अन्सारीले चक्कु आफ्नो नभएको दाबी गरेको पनि प्रहरीले जनाएको छ । चक्कु कसको हो भन्नेबारे अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भीम बहादुर खड्काले जानकारी दिए । अन्सारीमाथि दाउरा प्रहार गर्ने मुन्नी खान भएको र उनी फरार रहेको पनि प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Banke

0 Comments