Raj Kumar Sotang resident of Thaha Municipality-1, Thanigau was arrested with 1 illegal home-made gun. Police is further investigating the case.
थाहा नगरपालिका-१ थानीगाउँ बस्ने २४ वर्षीय हनुमान भन्ने राजकुमार स्याङतानलाई १ थान अवैध भरुवा बन्दुक सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
स्याङतानले घरमा घरेलु बन्दुक बनाई लुकाई राखेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घर नजिकै नास्पतीको रुखमुनी लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।