Incident Reports

लिवाङ नगरसमितिका तरुण अध्यक्षको गोली हानी हत्या

2018-09-09

तरुणदल रोल्पा नगरपालिकाका नगर सभापति रोहित पुन हत्याको विरोधमा आज रोल्पा सदरमुकाम लिबाङ बन्द गरिएको छ। नेपाल तरुणदत रोल्पाले आह्वान गरेको बन्दका कारण बजार, यातायात र शिक्षण संस्था प्रभावित भएका छन्। आइतबार बेलुका पाँच बजे तिर पुनको पूर्वी रोल्पा सुलिचौर बजारको मध्यभागमा रहेको रेष्ट प्वाइन्ट रेष्टुरेन्टमा गोली हानी हत्या भएको थियो। सोही हत्याका दोषीमाथि कडा कारवाही र फरार अभियुक्तलाई यथासिघ्र पक्राउ गर्न माग राख्दै बन्द आह्रवान गरिएको तरुणदलले जनाएको छ। बन्दका कारण बिहानैदेखि बजार सुनसान बनेको छ। लामो र छोटो दूरीका सवारी साधन चलेका छैनन् भने शिक्षण संस्थाहरुमा पनि बिहानैदेखि ठप्प छन्। इलाका प्रहरी कार्यालय भन्दा करिब ५० मिटरको दुरीमा खुलेआम दिउँसै गोली प्रहारको घटनाले सुलिचौर बजारवासी यतिबेला त्रसित बनेका छन्। प्रहरीका अनुसार गोली हानेको आरोपमा रोल्पा नगरपालिका–१० धबाङका २९ बर्षीय देवबहादुर घर्तीलाई आइतबार पक्राउ गरिसकेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अन्य चार जनालाई पनि पक्राउ गरेर अनुसन्धान थालिएको जनाएको छ। हत्या गरिका पुनको शब राति नै सुलिचौरबाट सदरमुकाम लिवाङस्थित जिल्ला अस्पतामा ल्याइएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
Total Killed 1
Youth Killed 1
National/Online Media , Police website , Local Newspaper - Bara

0 Comments

Related Reports