Incident Reports

नेपाली सेनाद्वारा बेवारिसे बम निष्क्रिय

2018-09-09

Province 1, Ilam, Illam

इलाम बजारस्थित नारायणस्थान नजिक रहेको एउटा घरमा भदौ २४ गते बिहान भेट्टिएको तीन वटा बम नेपाली सेनाको बम डिष्पोजल टोलीले निष्क्रिय पारेको छ । पहिला माओवादी केन्द्रको जिल्ला कार्यालय रहेको भवनको नजिकमा रहेको एक घरमा प्रहरीले गस्तीका क्रममा बम रहेको फेला पारेको थियो । बम भेट्टिएपछि नेपाल प्रहरीले डिष्पोजका लागि नेपाली सेनालाई खबर गरेको थियो । बेवारिसे अवस्थामा रहेका बममध्ये दुई वटा सकेट र एउटा सुतली बम रहेको र डिष्पोजको अवस्थामा तीनवटै बम पड्किएको नेपाली सेना इलामका गणपति असिमद्धीप गुरूङले बताए । बम कसले र किन राखेको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
INSEC , Local Newspaper - Jhapa

0 Comments