Incident Reports

फेरि अर्का पत्रकार पक्राउ

2018-09-11

महानगरीय प्रहरी परिसर जाउलाखेलले खोजतलास साप्ताहिक तथा खोजतलासन्युजडटकमका प्रधानसम्पादक राजु बस्नेतलाई पक्राउ गरेको छ। उनले दृष्टिन्यूज डटकममा प्रकाशित समाचार आफ्नो पत्रिका तथा अनलाइनमा सेयर गरेका थिए। समाचारमा ‘जनप्रतिनिधि कि जग्गा दलाल’ भन्ने हेडलाइन राखिएको थियो। बस्नेतविरुद्ध सुशील खनालले जाहेरी दिएका थिए र सोही आधारमा उनी पक्राउ परेका हुन् । उनलाइ पक्राउ गरी हाल सरकारी वकिलको कार्यालय ललितपुरमा बयान लिने काम भइरहेको छ। विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा अनुसन्धानको सिलसिलामा प्रधानसम्पादक बस्नेत पक्राउ परेका हुन्। काठमाडौं जिल्ला अदातले बस्नेतलाई पक्राउ गरी अनुसन्धान गर्न भदौ २४ गते आदेश दिएको थियो ।
National/Online Media

0 Comments