Incident Reports

एमाले उम्मेदवार माथि आक्रमणको प्रयास l

2013-11-06

Lumbini, Rolpa, Pariwartan

Meena Budathoki नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा सल्यान क्षेत्र नम्बर २ का उम्मेदवार प्रकाश ज्वाला माथि आक्रमण प्रयास भएको छ । सेजवालटाकुरा गाविसको रानिकोटमा एमालेले कात्तिक २० गते सञ्चालन गरेको घरदैलोको क्रममा आक्रमण प्रयास भएको एमाले जिल्ला कार्यालयले जानकारी दिएको छ । नेपाली काङ्ग्रेसका कार्यकर्ता ३८ वर्षीय प्रदीप शाही, ३२ वर्षीय प्रदीप खड्का लगायतको समूहले एमाले सेजवालटाकुरा गाउँ कमिटी सचिव ३३ वर्षीय हेमराज थापा माथी कुटपिट गरेको, एमाओवादी र नेपाली काङ्ग्रेसबाट प्रवेश गरेका ४२ वर्षीय कमल शर्मा र २२ वर्षीय खगेन्द्र शाही माथि हातपात गरेको समेत एमालेले जनाएको छ । आफूहरू सयमित हुँदाहुदै पनि नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू घरदैलो अभियान बिथोल्नका लागी बाहिरबाट मान्छे बोलाएर आक्रमणको प्रयास गरेको एमाले उम्मेदवार ज्वालाले बताए । तरुण दल सल्यानका अध्यक्ष सन्तोष केसीले एमालेले घरदैलोको क्रममा आफ्ना कार्यकर्तामाथि कुटपिटको प्रयास गरेपछि नेपाली काङ्ग्रेसले प्रतिकार गरेको बताए । काङ्ग्रेसले बाहिरबाट युवाहरू बोलाएर एमालेलाई लेखेटेको प्रचारवाजी गरेको भन्दै एमालेले कात्तिक २० गते राती सेजवालटाकुराको रानिकोट देखि खलङ्गासम्म २ सय ५० जना जतिको सहभागितामा र्‍याली समेत निकालेको थियो । त्यसै समयमा नेपाली काङ्ग्रेसले खलङ्गाको डाँडागाउँ क्षेत्रमा नारावाजी गरेको थियो । प्रहरी प्रशासनले हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै राती सल्यान खलङ्गाको सुरक्षा व्यवस्था कडा पारीएको थियो भने दुवै दलले निकालेका जुलुसका कारण खलङ्गाको जनजीवन समेत प्रभावित बनेको थियो ।

0 Comments

Related Reports