Incident Reports

UCPN (M), NC men clash

2013-11-08

Lumbini, Rukum East, Tribeni

org SMS Alert: Rukum,Congress sabhama UCPN-M sanga dohoro jhadap, 3 ghaite. RUKUM, NOV 08 - Three persons were injured in a clash between activists of the UCPN (Maoist) and the Nepali Congress (NC) in Muru VDC in Rukum district on Thursday. The area remained tense for about two hours as the rival camps pelted each other with stones. According to the District Police Office, NC activists Tulsiram Oli and Prem Oli of Peugha and UCPN (M) cadre Tek Bahadur BK of Muru were injured in the clash that ensued during the NC’s election rally in Murugaun. NC district committee member Thala Bahadur Khadka said the clash occurred after UCPN (M) activists tried to block the NC rally that was heading to Muru from Peugha. कांग्रेस सभामा एमाओवादीसँग दोहोरो झडप, तीन घाइते तारक प्रतिभा रुकुम, कात्तिक २२ रुकुमको मुरु गाविसमा आयोजित नेपाली काग्रेसको चुनावी सभामा एनेकपा माओवादी र नेपाली कांग्रेसबीच झडप हुदा तीन घाइते भएका छन। पेउघा गाविसबाट सभामा आइरहेको जुलुसलाई एमाओवादी कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडप भएको कांग्रेस रुकुमले जनाएको छ। कांग्रेस पेउघाका कार्यकर्ता तुलसीराम ओली र प्रेम ओली घाइते भएको कांग्रेसका जिल्ला नेता थल बहादुर खड्काले बताए। घाइतेको टाउकोमा चोट रहेको र स्थानीय मेडिकलमा उपचार भइरहेको खड्काले बताए। एमाओवादी कार्यकर्ताले जुलुसको एक थान माइक पनि लुटेर लिएको कांग्रेसले आरोप लगाएको छ। कार्यक्रम स्थलमा एमाओवादीले ढुङ्गा प्रहार गरेपछि पुन दिउँसो झडप भएको भएको बताइएको छ। यसै गरि सभा स्थलमै भएको झडपमा एनेकपा माओवादीका मुरु गाविस वडा सदस्य टेक बहादुर बिक घाइते भएको मुरु एनेकपा माओवादी गाविस सचिव अमर ओलीले जानकारी दिए। हाम्रो मार्चपास भइरहेको थियो कांग्रेस कार्यकर्ताहरुले ढुङ्गा प्रहार गरेपछि झडप भएको हो हाम्रो कार्यालयमासमेत आक्रमण भयो उनले भने। दुबै पक्षविच दोहोरो ढुङ्गा हानाहान भएपछि स्थिति तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा ल्याउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो भने तीन सेल अश्र्रु ग्याससमेत फायर गर्नुपरेको प्रहरीले बताएको छ ।

0 Comments