Incident Reports

कांग्रेस सभामा एमाओवादीसँग दोहोरो झडप, तीन घाइते l

2013-11-08

Lumbini, Rukum East, Tribeni

कांग्रेस सभामा एमाओवादीसँग दोहोरो झडप, तीन घाइते तारक प्रतिभा रुकुम, कात्तिक २२ रुकुमको मुरु गाविसमा आयोजित नेपाली काग्रेसको चुनावी सभामा एनेकपा माओवादी र नेपाली कांग्रेसबीच झडप हुदा तीन घाइते भएका छन। पेउघा गाविसबाट सभामा आइरहेको जुलुसलाई एमाओवादी कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडप भएको कांग्रेस रुकुमले जनाएको छ। कांग्रेस पेउघाका कार्यकर्ता तुलसीराम ओली र प्रेम ओली घाइते भएको कांग्रेसका जिल्ला नेता थल बहादुर खड्काले बताए। घाइतेको टाउकोमा चोट रहेको र स्थानीय मेडिकलमा उपचार भइरहेको खड्काले बताए। एमाओवादी कार्यकर्ताले जुलुसको एक थान माइक पनि लुटेर लिएको कांग्रेसले आरोप लगाएको छ। कार्यक्रम स्थलमा एमाओवादीले ढुङ्गा प्रहार गरेपछि पुन दिउँसो झडप भएको भएको बताइएको छ। यसै गरि सभा स्थलमै भएको झडपमा एनेकपा माओवादीका मुरु गाविस वडा सदस्य टेक बहादुर बिक घाइते भएको मुरु एनेकपा माओवादी गाविस सचिव अमर ओलीले जानकारी दिए। हाम्रो मार्चपास भइरहेको थियो कांग्रेस कार्यकर्ताहरुले ढुङ्गा प्रहार गरेपछि झडप भएको हो हाम्रो कार्यालयमासमेत आक्रमण भयो उनले भने। दुबै पक्षविच दोहोरो ढुङ्गा हानाहान भएपछि स्थिति तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा ल्याउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो भने तीन सेल अश्र्रु ग्याससमेत फायर गर्नुपरेको प्रहरीले बताएको छ ।

0 Comments

Related Reports