Incident Reports

काङ्ग्रेस उम्मेदवार चढ्ने गाडीमा आगजनि l

2013-11-07

९च ११२६ नम्बरको टाटासुमो गाडीमा कात्तिक २१ गते राती अज्ञात व्यक्तिहरूले आगजनि गराएका छन् । बनेपा नपा-१ घोकेचौरस्थित चालकको निवास अगाडी राखिएको गाडीमा आगो लगाएपछि कुकुर कराएका कारण उठेर हेर्दा आगो बलिरहेकाले तत्काल आगो निभाउन सफल भएको काभ्रे सिंम्थली घर भएका चालक गोपाल बुढाथोकीले बताए । उम्मेदवारको व्यानर र पार्टीको झण्डा राखिएको उक्त गाडी दिनभर चुनाव प्रचारको काम सकेर बेलुकी कोठा अगाडि राखिएको थियो । आगलागिबाट गाडीको टायर र पाताहरू काम नलाग्ने भएको छ भने तेल ट्याङ्कीमा प्वाल परेर काम नलाग्ने भएको छ । आगलागि पछि उक्त गाडीलाई इलाका प्रहरी कार्यालय बनेपा अगाडि राखिएको छ । मध्यरातमा उक्त गाडीमा नेकपा-माओवादीका कार्यकर्ताहरूले आगजनि गरेको आशंका प्रहरीले गरेको छ ।

0 Comments

Related Reports