Incident Reports

शिशुको हत्या अभियोगमा आमा पक्राउ

2018-09-22

Bagmati, Nuwakot, Suryagadhi, Ward 1

आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाउँपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ । शनिबार शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए । श्रीमान वैदेशिक रोजगारमा गएको समयमा परपुरुषसँगको सम्पर्कबाट जन्मेको शिशुको शव रहेको स्थानको घटनास्थल मुचुल्का, उनीसँगको प्रारम्भिक अनुसन्धान, घरपरिवार र स्थानीयवासीले दिएको सूचनाको आधारमा ज्यान मुद्दा अभियोगमा कारबाहीको लागि शनिबार साँझ तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरका अनुसार घटनामा संलग्न रहेका परपुरुषको पनि पहिचान भइसकेकाले उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । शिशुको शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ । पक्राउ परेकी महिलाको श्रीमान विजय तामाङ रोजगारीको सिलसिलामा २९ महिना साउदी बसेर एक महिनाअघिमात्र नेपाल फर्किएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Rautahat

0 Comments