Incident Reports

आन्दोलनरत विद्यार्थीद्वारा उपमेयरमाथि हातपात

2018-09-13

Madhes, Bara, Mahagadhimai

महागढीमाई नगरपालिका बरियारपुरकी उपमेयर तारादेवी कानुमाथि बिहीवार हातपात भएको छ । गढीमाई महेन्द्र प्राविधिक नमूना माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीहरूलाई वार्तामा बस्नको लागि आग्रह गर्न गएकी उपमेयर कानुमाथि हातपात गरिएको थियो । विद्यार्थीको आडमा केही व्यक्तिले उपमेयर कानुमाथि सुनियोजित तरिकाबाट घटना घटाएको बताइएको छ । सो विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले काज सरुवा भएका शिक्षक मनोजसाह गोंढलाई फिर्ता गर्न माग गर्दै मङ्गलवार विद्यालयमा आगजनी र तोडफोड गर्दै आन्दोलन गरेका थिए । आन्दोलनरत विद्यार्थीहरूले आज पनि गढीमाई मन्दिरनजिक टायर बालेर प्रदर्शन गरेका थिए । विद्यार्थीहरूलाई वार्ताबाट समस्याको समाधान गर्न आग्रह गर्न गएकी उपमेयर कानुमाथि विद्यार्थी आन्दोलनमा मिसिएको गैरविद्यार्थीको समूहले नियोजितरूपमा आक्रमण गरेको थियो । बाराका प्रजिअ गणेश भट्टराइले विद्यार्थीको आडमा केही व्यक्तिले उपमेयरमाथि हातपात गरी दुव्र्यवहार गरेको बताए । प्रजिअ भट्टराइले हातपात गर्नेको पहिचान गरी कानूनी कारबाई गर्ने बताए । विद्यार्थीहरूले मङ्गलवार विद्यालयमा आगजनी, तोडफोड गरेपछि नगरपालिकाले वडाध्यक्ष सुदामा साह कानुको अध्यक्षतामा १७ सदस्य छानबिन तथा समन्वय समिति गठन गरेको थियो । समितिले प्रतिवेदन बुझाएको आधारमा विद्यार्थीहरूको माग सम्बोधन गरिने मेयर उपेन्द्रप्रसाद यादवले बताए । उनले कक्षा १० का १०८ जना विद्यार्थी र तिनका अभिभावकलाई पत्राचार गरी छलफलमा बोलाएको मेयर यादवले बताए । उनले वार्ताको लागि बोलाएकोमा नआएको र आपूmले बारम्बार माग सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गर्दा पनि सुनुवाइ नगरी आन्दोलन जारी राखेकोमा कसैको बहकावमा विद्यार्थीहरू परेको मेयर यादवले आरोप लगाए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Local Newspaper - Parsa , Local Newspaper - Rautahat

0 Comments

Related Reports