Incident Reports

भित्तेलेखनका क्रममा नेकपाका कार्यकर्ता गिरफ्तार

2018-09-22

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 10

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई भित्तेलेखन गर्ने क्रममा पोखरा मनपा-१० औद्योगिक क्षेत्रबाट प्रहरीले असोज ६ गते गिरफ्तार गरेको छ । पेट्रोलियम पदार्थको मुल्यबृद्धिलगायतको विरोध गर्दै भित्तेलेखन गरिरहेका सो पार्टी निकट अखिल क्रान्तिकारीमा आबद्ध ६ जना कार्यकर्ता तथा विद्यार्थीलाई वडा प्रहरी कार्यालय रामबजार, पोखराले गिरफ्तार गरेको थियो । गिरफ्तार हुनेमा नेपाल कम्युनिष्ट पार्टी कास्कीका सदस्य रविन्द्र राई, अखिल क्रान्तिकारी कास्कीका सचिव पवन पुन, सदस्यहरू सुर्य गुरूङ, गगन परियार, उज्जवन पुन तथा भद्रकाली क्याम्पस इकाई सचिव सागर बिक रहेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यलय, रामबजारका इन्स्पेक्टर दिपक केसीले गिरफ्तार गरिएका सबै जनालाई जिल्ला प्रहरी कार्यलय कास्की, पठाइएको जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव विवेक भण्डारीले गिरफ्तारको विरोध गर्दै आफ्ना नेता तथा कार्यकर्ता रिहाइको माग गरे । सो पार्टीले संविधानको धारा १७ (१) क मा भएको विचार र अभिव्यक्तिको स्वतन्त्रताविपरीत मुल्यबृद्धिको विरोध गर्दा गिरफ्तार गरेकाले शीघ्र रिहाइको माग गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments