Incident Reports

एमाले कार्यकर्ताद्वारा वाईसीएल कार्यकतामाथि आक्रमण l

2013-11-06

Karnali, Dolpa, Thuli Bheri

Bishnu Prasad Devkota दुनै गाविस ५ र ६ मा पर्ने धुपीचौरमा कात्तिक २० गते बाटोमा हिँडिरहेका वाईसीएल कार्यकर्तामाथि नेकपा एमाले कार्यकर्ताहरूले आक्रमण गरेका छन् । आक्रमणबाट वाईसीएल कार्यकर्ता घाइते भएका छन । एमालेका प्रत्यक्ष उम्मेदवार धनबहादुर बुढा प्रचार/प्रसारको क्रममा सदरमुकाम दुनैबाट जुफाल गाविसमा जाने क्रममा धुपीचौरमा बाटोमा हिँडिरहेका रुकुम जिल्ला हुकाम गाविस-५ घर भएका वाईसीएल कार्यकर्ता २५ वर्षीय ज्ञानुरोक्का मगरमाथि एमाले कार्यकर्ताले आक्रमण गरेका थिए । मगरको टाउकोमाथि गहिरो चोट लागेका कारण जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि नेपालगञ्जमा पठाइएको जिल्ला अस्पतालका डाक्टर बिष्णुप्रसाद अधिकारीले जानकारी दिए । एमाओवादीको चुनावी सभालाई सम्बोधन गर्न कात्तिक १६ गते आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको सुरक्षार्थ डोल्पा आएका वाईसीएल कार्यकर्ता र एमाले कार्यकर्ताबीच झडप हुदै आएको छ । बिष्णुप्रसाद देबकोटा

0 Comments

Related Reports