Incident Reports

निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा नेकपा-माओवादीका कार्यकर्ता गिरफ्तार l

2013-11-06

Province 1, Morang, Jahada

Dipen Neupane सिसबनी जहदा गाविस-५ निवासी नेकपा-माओवादी कोचिला राज्य समिति सदस्य लक्ष्मण मण्डललाई कात्तिक २० गते राति घरमा सुतिरहेका बेला प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला सुरक्षा समितिले सो पार्टीका नेता कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने रणनीति बनाई घर खानतलासी र धरपकड सुरु गरेपछि अन्य नेता-कार्यकर्ता भने अर्धभूमिगत भएका छन् । सो पार्टीका जिल्ला सचिव विराटनगर उमनपा-१ निवासी लोचन धमला, पोखरिया गाविस निवासी जिल्ला सदस्यहरू भग्लु मण्डल, डाँगीहाट गाविस-५ लक्ष्मीमार्ग निवासी प्रेम किराँती, टंकिसिनुवारी गाविस-३ निवासी हरि घिमिरेको घरमा प्रहरीले राति छापा मारेको थियो । प्रहरीले छापा मारेको समयमा उनीहरू घरमा थिएनन् । यसअघि प्रहरीले माओवादी थारु राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला उपाध्यक्ष तथा कोचिला राज्य समिति सदस्य कसेनी गाविस निवासी हृदयलाल थारुलाई कात्तिक १५ गते गिरफ्तार गरेको थियो । थारु र मण्डल दुवै नेतालाई प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा लगाएको जिल्लाका प्रहरी प्रमुख विश्वराज पोखरेलले बताए । निर्वाचनविरोधी क्रियाकलापमा लागेको कारण जनाउँदै उनीहरूलाई गिरफ्तार गरी मुद्दा चलाइएको एसपी विश्वराज पोखरेलले बताए । माओवादीका जिल्ला सचिव लोचन धमलाले सरकार पूर्वाग्रही भएर दमनमा उत्रिएको प्रतिक्रिया दिए । उनले भने पार्टीले संविधानसभा निर्वाचनको शान्तिपूर्ण विरोधका कार्यक्रम सञ्चालन गरेको अवस्थामा प्रहरीले आफू र आफ्नो पार्टीका निर्दोष कार्यकर्तालाई धरपकड र श्रृङ्खलावद्ध घर खानतलासी सुरु गरेर आतङ्क मच्चाएको छ । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis