Incident Reports

बलात्कृत हुनबाट जोगिइन् किशोरी

2018-09-26

Lumbini, Banke, Khajura

बाँकेको खजुरा गाउँपालिकामा एक १४ वर्षीया किशोरी बलात्कार हुनबाट जोगिएकी छन् । आइतबार साँझ रुँदै चिच्चाउँदै गरेपछि स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले किशोरीको उद्धार गर्न सफल भएको हो । बाँकेको खजूरा गाउँपालिका –२, गौघाटबाट एकजना १४ वर्षीया किशोरी काकीसँग खजूरा गाउँपालिका– ५, उढरापुर फर्कँदै थिइन् । बीच बाटोमा साइकलमा आउँदै गरेका व्यक्तिले काकीको अनुरोधमा बालिकालाई घर पुर्‍याइदिने भन्दै साइकलमा बसाएर ल्याए । तर उढापुरका ६५ वर्षीय साकिर अली दर्जीले सिधा बाटोबाट घर पुर्‍याउनुको साटो बर्दियासँग सीमा जोडिएको मानखोलाको जङ्गली बाटोतर्फ लिएर गए । त्यसै क्रममा किशोरी रुँदै कराउँदै गरेपछि नजिकैका स्थानीयले उनको आवाज सुनेर खबर गरेपछि तत्काल प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक मख्खनप्रसाद यादवले जानकारी दिनुभयो । यादवले घटनास्थलबाटै पक्राउ गरिएका दर्जीलाई बाल यौन दुराचार मुद्धामा कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । बाँकेमा पछिल्लो समय बलात्कारका एकपछि अर्को घटना भइरहँदा खजूरामा एकजना किशोरीमाथी बलात्कारको प्रयास भएको सार्वजनिक भएको हो । कोहलपुरमा हजुरबुवाले १३ वर्षीया नातिनीलाई र नातेदारले ६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनामा दुवै जना पक्राउ भई मुद्दा चलिरहेको छ । यसैगरी नेपालगञ्जमा आफू साइबाबा भएको दावी गर्ने व्यक्ति बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

0 Comments

Related Reports
Related Trend Analysis