Incident Reports

दलितसँग विवाह गरेको भन्दै नौ महिनाकी गर्भवती थुनामा

2018-09-28

Madhes, Saptari, Rajbiraj

राजविराज-सप्तरीमा दलितसँग विवाह गरेका कारण असन्तुष्ट अभिभावकले नौ महिनाकी गर्भवती बुहारी र छोरालाई थुनाएका छन्। कञ्चनरू-८ रूपानगरका २० वर्षीय मनीष साह र कञ्चनरूप-९ धरमपुरकी १८ वर्षीया कविता रामलाई मनीषका बुवा शिवनारायणले जिल्ला प्रहरी कार्यालयमा थुनाएका हुन्। कविताका बुवा, आमाविरुद्ध दिएको बन्दी प्रत्यक्षीकरण रिट अदालतले खारेज गरेपछि शिवनारायणले उच्च अदालत राजविराज इजलासबाट भदौ २४ गते परमादेश गराई बिहीबार बालविवाहविरुद्ध उजुरी दर्ता गरेर थुनाएका हुन्। पुस २१ गते घरबाट भागेदेखि नै दुवैलाई छुटाउन मनीषका अभिभावकले प्रयास गर्दै आएका थिए।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis