Incident Reports

विद्यालय क्षेत्रमा भित्ते लेखन l

2013-11-09

Hem Nath Khatiwada रसुवा । ०७० कात्तिक २३ गते, संविधानसभाको निर्वाचनको प्रचारको क्रममा एमाओवादी कार्यकर्ताले विद्यालय हातामा कात्तिक ५ गते भित्ते लेखन गरेकोमा अझै मेटेको छैन । उनीहरूले रसुवाको सदरमुकाम धुन्चेसँगै जोडिएको राम्चे गाविस स्थित सेतीदेवी मावि भवन कम्पाण्डमा भित्ते लेखन गरी निर्वाचनको आचारसंहिताको उल्लङ्घन गरेका छन् । निर्वाचन आचारसंहिता विपरीत कार्य हुँदा पनि निर्वाचनसँग सम्बन्धित निकायले दलहरूको ध्यानाकर्षण गराउँदा पनि मेटेका छैनन् । जिल्ला निर्वाचन अधिकारी सुभाकर पौडेलले भने तत्काल मेटाउन आदेश दिएको बताए । संविधानसभा निर्वाचन आचारसंहिता २०७० को परिच्छेद २ को निर्वाचन प्रचार प्रसार सम्बन्धी सामान्य आचरणको दफा १२ मा भित्तेलेखन गर्न, तुल ब्यानर प्रयोग गर्न वा गराउन हुँदैन भनिएको छ । यसैगरी, जिल्लामा क्रियाशिल अन्य दलहरूले पनि रसुवाको धैबुङ्ग गाविस भवनमा पोष्टर टाँसेका छन् । एनेकपा माओवादीले भने आफ्नो निर्वाचन चिन्ह सडक, पेटीहरूमा समेत लेखेका छन् । संविधानसभा सदस्य निर्वाचन स्वच्छ र मर्यादित बनाउनका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको थियो । निर्वाचन आयोगले लागू गरेको आचारसंहितना पालना गर्ने जनाए पनि यहाँका राजनीतिक दलहरूबाट पालना भएको छैन् । जिल्ला सदरमुकाममा तथा जिल्लाको उत्तरी स्याफ्रुबेशीमा रहेको पुलमा पनि एमाओवादी कार्यकर्ताहरू भित्तेलेखन गरी ठूलो निर्वाचन चिन्ह प्रयोग गरेका छन् । त्यसैगरी एमाओवादीले धैबुङ्ग गाविस-३ धारापानी स्थित सुन्धारा उच्चमावि नजिकै र धैबुङ्ग गाविस-७ घुम्तिमा आचारसंहिता विपरीत ठूला आकारका निर्वाचन प्रचारका लागि फ्लेक्स बोर्ड पोष्टर राखेका छन् । हेमनाथ खतिवडा

0 Comments

Related Reports
Related Trend Analysis