Incident Reports

भाई र भतिजाको खुकरी/लाठी प्रहारबाट गम्भीर घाइते

2018-09-29

Madhes, Saptari, Rajbiraj

भाई र भतिजाको खुकरी तथा लाठी प्रहारबाट खडक नगरपालिका ८ कल्याणपुरका ४६ वर्षीय ताहिर मियाँ गम्भीर घाइते भएका छन्। भाई ४२ वर्षीय अकबर मियाँले घरमा बोलाई बचन दिनासाथ उनका छोरा २६ वर्षीय तैयब मियाँले खुकरीले तथा भाई नाताका २४ वर्षीय सनाबुल मियाँले बाँसको भाटाले प्रहार गरी गम्भीर घाइते बनाएको ताहिरले बताए। घाइतेको टाउकोमा सातवटा टाँका लागेको छ भने शरीरभरी निलडाम छ। उनले प्राथमिक स्वास्थ्य केन्द्र कल्याणपुरमा प्राथमिक उपचार गराई लहानस्थित अस्पतालमा उपचार गराएकोमा शनिबार राजविराजस्थित अञ्चल अस्पताल भर्ना भएका छन्। घाइते ताहिरले आरोपितहरूविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएपनि प्रहरीले कुनै कारवाही नगरेको आरोप लगाए। पारिवारिक झगडा मिलाउन गाउँमा भएको छलफल नमिलेपछि प्रहरी कार्यालयमा दुबै पक्षबाट उजुरी लिएर आएको जनाउँदै इलाका प्रहरी कार्यालय कल्याणपुरले दोषीलाई कारवाही नगर्ने भन्दा पनि आवश्यक अनुसन्धान गरिरहेको बताए। अर्को पक्षले समेत कुटपिट अंगभंगको उजुरी दिएकोले दुबै कोणबाट अनुसन्धान भइरहेको जानकारी दिँदै इन्स्पेक्टर कमलमणि भट्टराईले दुबै पक्षको उजुरी दर्ता गर्ने हदम्याद रहेकोले प्रकृतिअनुसार दोषीमाथि कारवाही गरी न्याय दिलाउन प्रमाण संकलन भइरहेको बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon , Blunt weapon
Primary Cause Domestic violence
Secondary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports