Incident Reports

वीरगन्जमा भारतीयमाथि चार राउन्ड गोली प्रहार

2018-09-29

Madhes, Parsa, Birgunj

author-image क्रान्ति शाह समाज १३ असोज २०७५ १६:२४:०० change fontchange fontchange font 1023 shares annapurna post वीरगन्ज : वीरगन्ज महानगरपालिका वडा नम्बर २ स्थित वीरगन्ज भन्सार रोडमा शनिबार बिहान भारतीय नागरिकलाई लक्षित गरी गोली प्रहार भएको छ। भारत बिहारको पूर्वीचम्पारण जिल्लामा पर्ने घोडासहन घर भएका ६२ वर्षिय मदनप्रसाद साहमाथि गोली प्रहार भएको हो। annapurna post साहलाई लक्षित गरी चार राउन्ड गोली प्रहार गरिए पनि उनी सकुशल रहेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। साह वीरगन्जको भन्सार रोडमा रहेको कोइला सम्बन्धी काम गर्ने नवल इन्टरप्राइजेजमा विगत ३० वर्षदेखि म्यानेजरका रुपमा कार्यरत छन्। भन्सार रोडमा अवस्थित कोइला डिपो परिसरमै रहेको तीन कोठे घरको कोठामा साह बस्दै आएका छन्। शनिवार बिहान तीन बजेतिर अपरिचित बन्दुकधारीले कोठामा सुतिरहेका साहलाई कोठाको ढोकाको माथिको घरबाट हात छिराएर चार राउन्ड गोली प्रहार गरे पनि साहलाई गोली नलागेको प्रहरी उपरीक्षक ढकालले बताए। प्रहरीका अनुसार साहलाई गोली प्रहार गर्ने बेलामा उनी सुतेको कोठासँगै रहेका अरु दुई कोठामा चारजना सुतेको र बन्दुकधारीले ती दुवै कोठाको ढोकामा बाहिरबाट चुकुल लगाइदिएका थिए। गोली हानेपछि बन्दुकधारी भारततर्फ नै भागेको अनुमान प्रहरीले गरेको छ। घटनास्थल, भारतको रक्सौल सीमा क्षेत्रभन्दा ५० मिटर वर पर्दछ। साहलाइ कसले र किन गोली प्रहार गर्‍यो भन्ने विषय खुल्न नसकेपनि घटनाको प्रारम्भिक अनुसन्धानमा साहको भारतस्थित आफना गाउँमा केही व्यक्तिसँग विवाद रहेको र त्यही रिसिइवीले उनीमाथि गोली प्रहार भएको हुन सक्ने देखिएको प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Abducted 00
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Rautahat

0 Comments

Related Reports