Incident Reports

काँग्रेस र एमालेबीच झडप, छ घाइते l

2013-11-09

Arjun Shah बाजुरा, कार्तिक २३ - मानाकोटमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका गरी छ जना घाइते भएका छन् । चुनावी प्रचारप्रसार तथा घरदैलो अभियानका क्रममा मानाकोट वडा– ३ घोगालामा दुई पक्षबीच शुक्रबार झडप हुँदा घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । मानाकोट गाविसका काँग्रेस उपसभापति मनबहादुर रोकायाको घरमा काँग्रेस कार्यकर्ताले खाना खाइरहेको अवस्थामा एमाले टोलीले आक्रमण गरेको काँग्रेस मानकोट गाउँ कार्य समितिका सभापति धनबहादुर रोकायाले जिकिर गरे ।

0 Comments

Related Reports
Related Trend Analysis