Incident Reports

पोखरामा एक युवाको हत्या

2018-10-01

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 3

पोखराको पालिखेचोकमा गएराति एक युवाको हत्या भएको छ । पोखरा महानगरपालिका– ३ को पालिखेचोकभन्दा करीब सय मिटर माथि प्रतीभा मावि अगाडि राजकुमार नाम गरेका युवाको हत्या भएको हो । उनको थर र ठेगाना भने खुलेको छैन । युवाको टाउको र खुट्टामा हतियारको गम्भीर चोट रहेकाले उनको हत्या भएको बताएको छ । प्रहरीका अनुसार, उनी प्रयोगविहीन सामानहरु संकलनको काम गर्दै आइरहेका थिए । स्थानीयले युवालाई मृत अवस्थामा भेटेपछि बिहान प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले मुचुल्का तयार पारेर अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीले मृतकसँगै काम गर्ने युवाहरुले हत्या गरेको हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports