Incident Reports

अनैतिक सम्बन्ध खुल्ने डरले धनुषामा जेठानीको हत्या, देवरानीसहित दुईजना पक्राउ

2018-09-19

Madhes, Dhanusha, Hansapur, Ward 8

अनैतिक सम्बन्ध खुल्ने डरले धनुषामा एक महिलाको हत्या भएको रहस्य खुलेको छ । गएको असोज ३ गते आफ्नै कोठामा मृत फेला परेकी धुनषाको हंसपुर नगरपालिका–८ की २८ वर्षीया सञ्जुदेवी मण्डलको हत्या भएको रहस्य खुलेको हो । आफ्नै कोठामा मृत फेला परेकी सञ्जुले आत्महत्या गरेको शंका गरिए पनि जनकपुर अञ्चल अस्पतालमा भएको पोस्टमार्टम रिपोर्टले उनको घाँटी थिचेर मृत्यु भएको देखाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो । अनुसन्धानको क्रममा प्रहरीले सञ्जुको हत्या आरोपमा उनकी देवरानी २४ वर्षकी बिकाकुमारी मण्डल र स्थानीय २७ वर्षका लालबाबु मण्डललाई पक्राउ गरेको जनाएको छ । प्रहरीले अनुसन्धानको क्रममा बिकाकुमारी र लालबाबुबीच अनैतिक सम्बन्ध रहेको अञ्जुले थाहा पाएपछि उनीहरु दुवैजना मिलेर हत्या गरेको प्रहरीमा बयान दिएका छन् । उनीहरुको सम्बन्धबारे अञ्जुले थाहा पाएपछि बाहिर सार्वजनिक गर्छन् कि भन्ने आशंकामा उनको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका बिकाकुमारी र लालबाबुले सञ्जुको हत्या गरेको प्रहरीमा बयान दिएको धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार बिकाकुमारी र लालबाबुले घटनामा प्रयोग गरेको ग्लोब्ससमेत फेला परेको र दुवैजनामाथि थप अनुसन्धान भैरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Mahottari

0 Comments

Related Reports