Incident Reports

अज्ञात समूहद्वारा उम्मेदवारमाथि आक्रमण l

2013-10-18

गाविसमा आयोजित चुनावी सभा सकाएर साइकलमा पतिसँग लहान फर्किने क्रममा सिसवनी गाविस-९ स्थित मेदनीपुरको पुल नजिक सात बजेतीर दुईओटा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले आक्रमण गरेको पालले बताइन् । उनले आफूलार्य जथाभावी गालिगलौज र हातपात गरेको बताइन । आक्रमणबाट कपडा च्यातिएको र सामान्य चोटपटक लागेको उनले बताइन् । पीडित पाल र उनका पतिले हल्ला गर्न थालेपछि नजिकै रहेका स्थानीयहरू दौडेर आएपछि मोटरसाइकलमा आएका व्यक्तिहरू भागेको उनले बताइन । अध्यारो भएकोले मोटरसाइकलको नम्बर र व्यक्तिहरूको पहिचान गर्न नसकेको पीडितले बताइन् । धनगढी प्रहरीको सहयोगमा उनीहरूलाई सुरक्षित लहान पुर्‍याएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी कृष्णजी अधिकारीले बताए । उनका अनुसार पीडित पालले मोटरसाइकलको नम्बर र व्यक्तिको हुलीया पहिचान गर्न नसकेकोले आरोपितको पहिचान हुन नसक पनि घटनाको अनुसन्धान भईरहेको रहेको छ । दुर्गा परियार

0 Comments

Related Reports