Incident Reports

एमाले अध्यक्ष खनालको पुर्ख्यौली घरमा आगजनीको प्रयास l

2013-11-09

Province 1, Ilam, Illam

नेकपा एमालेका अध्यक्ष तथा इलाम क्षेत्र नम्बर १ का उम्मेदवार झलनाथ खनालको पुख्र्यौली घरमा गएराती आगजनीको प्रयास भएको छ । इलामको साँखेजुङ–४स्थित खनालको पुर्खौली तीन तले घरमा गएराती अज्ञात समूहले पेट्रोल छर्केर आगजनीको प्रयास गरेको हो । चियाबारीको बिचमा रहेको घरको भुइँतलामा नचिनेका मानिसको समूह आएर आगजनीको प्रयास गरेको अध्यक्ष खनालकी भतिजी शान्ति अधिकारीले बताइन् । शान्तिले बिहान सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार गए राती करिब साढे ११ बजेतिर आएका दुई व्यक्तिले ‘घरमा को- को छौं सबै उठ, आगलागी हुँदैछ’ भनेर घरको भुइतल्लाको पिडिमा पट्रोल छर्केर आगो लगाएपछि भागेका थिए । पेट्रोलको गन्ध आएपछि उठेर हेर्दा आगोले घरको भुईतल्लाको पूर्वी भाग जल्दै गरेको देखेपछि आफू अतालिएर सहयोगीसहित सबैलाई उठाएर भागेको बताइन् । खनालको घरको हेरचाह गर्न उनीसँगै बस्दै आएकी हरिकला रिमाल र सहयोगीहरु चन्द्र राई दीपा राई मिलेर पानी हालेर थप आगो फैलन नदिएको अधिकारीले बताइन् । आगजनी प्रयासपछि राती नै पुगेका सुरक्षाकर्मीले अहिले पनि घरको सुरक्षा गर्दै घटनामा संलग्न भएकाहरुको खोजी गरिरहेको बताएको छ । पुवाखोला नजिकमा पर्ने खनालको घर द्वन्द्वकालमा पनि सुरक्षित थियो ।

0 Comments

Related Reports
Related Trend Analysis