Incident Reports

Arrested on charge of beating in allegation of witchcraft

2018-09-15

Madhes, Siraha, Bishnupur, Ward 3

Police have arrested 45 years old Siya Ram Yadav of Bishnupur Rural Municipality-3 on October 3 on charge of beating 51 years old Parul Mali of Bishnupur Rural Municipality-3 , 33 years old Anurag Devi Malin and Sunita Devi Malin alleging them of being witch. The complaint against the accused was lodged at District Police Office based on a complaint lodged by the victims. Two victims underwent health checkup and returned home however Sunita Devi still getting treatment at Darbhanga in India. The accused is denying the allegation and said that he was accused as there was a land dispute with the victims. The other accused of the incident are at large according to police. विष्णुपुर गाउँपालिका-३ की ५१ वर्षीया पारुल माली, सोही ठाउँकी ३३ वर्षीया अनुरागीदेवी मालिन र ३३ वर्षीया सुनीतादेवी मालिनलाई कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले बिष्णुपुर गाउँपालिका-३ का ४५ वर्षीय सियाराम यादवलाई असोज १७ गते गिरफ्तार गरेको छ । पीडितहरू पारुल र अनुरागीदेवीले दिएको उजुरीमा जिल्ला सरकारी वकिल कार्यालयले असोज १ गते आवश्यक कारवाहीका लागि पत्र पठाएपछि जिल्ला प्रहरी कार्यालयले असोज ११ गते दर्ता गरेको थियो । उजुरीकर्ताहरूले आफूहरू उपचार गरी घर फर्किएको र अर्का घाइते सुनीतादेवीको हालसम्म भारतको दरभङ्गा लहरियासरायमा उपचार भइरहेको बताए । आरोपित यादवसहित उनकी पत्नी ४० वर्षीया अमलादेवी मालिन, ४५ वर्षीय टिकालाल मण्डल र ४३ वर्षीय लक्ष्मी मण्डलले उनीहरूका घरमा कोही बिरामी पर्नासाथ धामीझाँक्री बोलाई पूजा थापी आफूहरूलाई ‘बोक्सी’को आरोप लगाई गाउँनिकालाको प्रयास गर्दै आएकोमा भदौ ३० गते ‘बोक्सी’को झुठा आरोप लगाई स्काभेटरले घर भत्काएर गाउँनिकालाको प्रयास गरेको पीडित अनुरागीदेवीले बताइन् । प्रहरीले बोलाएपछि जिल्ला प्रहरी कार्यालय आएका बेला गिरफ्तारीमा परेका यादवले जग्गाजमीनको विवादमा आपसमा भएको झगडालाई अर्कै रुप दिई झुठा उजुरी दर्ता गरिएको बताए । घटनामा संलग्न अन्य आरोपितहरू गिरफ्तार भएका छैनन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Banishment/shunning
Weapons Unclear
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 3
Female Injured 3
INSEC

0 Comments