The victim’s party of 13 years old boy Aditya Gupta of Devine English Boarding School at Kalaiya Sub-metropolis-1 have lodged complaint against school teacher Nuru Ansari and Bikash Yadav at District Police Office on October 5 on charge of giving corporal punishment to him.
” He was beaten and injured while asking for sick leave from the school”, said victim’s father Sanjaya Shah.
The injured boy is receiving treatment at Narayani Sub regional hospital. He sustained chick, ear and head injuries.
Both party’s will be summoned in the police office for discussion according to DSP Ranjit Singh Rathod.
कलैया उमनपा–१ स्थित डिभाइन इङ्गलिस बोर्डिङ स्कुलको कक्षा ६ मा अध्ययनरत प्रसौनी गाउँपालिका–५ प्रस्टोका १३ वर्षीय बालक आदित्य गुप्तालाई कुटपिट गरी घाइते बनाएको आरोपमा पीडित पक्षले सोही स्कुलका शिक्षक नुरु अन्सारी र विकास यादवविरूद्ध असोज १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
‘बिरामी छु भनेर विदा माग्दा शिक्षकद्वयले असोज १८ गते बिहान छोरालाई कुटपिट गरी घाइते बनाएछन् ।’– पीडित विद्यार्थीका बावु सञ्जय साहले भने ।
कुटपिटबाट घाइते भएका बालकको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइते बालकको गाला, कान र टाउकोमा चोट लागेको छ ।
छोरालाई कुटपिट गरेको घटना बुझ्न जाँदा आरोपितद्वयले आफूलाई नराम्रो व्यवहार गर्दै जहाँ जाने हो जाउ भनेपछि प्रहरीमा उजुरी दिएको पीडित बालकका बुबा साहले बताए ।
छोरा आदित्य एक हप्तादेखि बिरामी रहेकोले कुटपिट नगरी जानकारी गराउनु पर्नेमा कुटपिट गरी घाइते बनाउनु दुःखद् घटना भएको उनको भनाई छ ।
घटनाको अनुसन्धान गरी दुवै पक्षलाई बोलाएर छलफल गराउने जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जितसिंह राठौरले बताए ।