Incident Reports

प्रशासकीय अधिकृतमाथि कुटपिट

2018-10-06

Sudurpashchim, Bajura, Badimalika

बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोक चन्द्रमाथि अज्ञात समूहले कुटपिट गरेको छ। गएराती १० बजेपछि सुतिरहेको बेला ढोका फोडेर उनीमाथि अाक्रमण भएकाे प्रहरीले बताएको छ। वडा अध्यक्ष प्रकाश रावलले कुरा गर्न खोजेकाले ढोका खोल्न आग्रह गर्दा सुतिसकेको र भोली कुरा गरौंला भन्दा एकाएक ढोका फोडेर कुटपिट गरिएकाे चन्द्रले बताए। कुटपिट गर्दा एक जनाको घडी समेत उनको कोठामै खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। तीन जनाको संख्यामा आएका अपरिचत व्यक्तिले ढोका फोडेर एकाएक कुटपिट गरेको चन्द्रले बताए। चन्द्रमाथि ढोका फोडेरै कुटपिट गरिएको नगर प्रमुख पदम बडुवालले जानकारी दिए। जिल्ला बाहिर जाने कार्यक्रम भएकोले अधिकृतको कोठामा नौ बजेसम्म छलफल भएको जानकारी दिँदै बडुवालले आक्रमणकारीले सुरुमा आफ्नो घरमा गएर आफुलाई खोजेको र आफुलाई नभेटेपछि अधिकृतको ढोका फोडेर कुटपिट गरेको हुनसक्ने बताए। कार्यपालिका भित्र सामान्य मतभेद रहेपनि आक्रमण नै गर्ने विवाद नभएकोले घटना बारे आफुलाई जानकारी नभएको बडुवालको भनाई छ। कुटपिटमा संलग्न तीन जनाको अनुहार चिनेपनि नाम थाह नभएको अधिकृत चन्द्रले बताएका छन्। व्यक्तिगत विवाद केही नभएकोले नगरपालिकाको आन्तरिक विवादका कारण बडिमालिका नगरपालिका–८ का अध्यक्ष प्रकाश रावलको योजनामा आफुमाथि कुटपिट भएको हुन सक्ने अधिकृत चन्द्रको आशंका छ। यता वडा अध्यक्ष रावलले भने आफुमाथि लगाइएको आरोप गलत भएको बताएका छन्। ‘नगर प्रमुख, कार्यकारी प्रमुख र मेरै कोठामा तोडफोड भएको छ’, उनले भने, यो ‘आफैमा रहस्यमय घटना हुन पुगेको छ।’ उनले आफुलाई फसाउन सडेन्त्र भइरहेको समेत आरोप लगाएका छन्। ‘मेरो कसैसँग विमति भए कार्यपालिकामै राख्न सक्छु, जनप्रतिनिधिले राती केटाहरु पठाएर कुटाउनु पर्ने कारण नै छैन्’, रावलले भने। घटना बारे अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक सागर बोहराले बताएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , INSEC

0 Comments

Related Reports