Incident Reports

कार्यकक्षमै लेखापालमाथि दुर्व्यवहार, आरोपितलाई गिरफ्तार गरी कारवाही गर्न माग ।

2018-10-12

सुर्नया गाउँपालिका कार्यालयका लेखा प्रमुख दोगडाकेदार गाउँपालिका–७ चडेपानीका २४ वर्षीय भवानी भट्टमाथि स्थानीय भरतमोहन मडै र गणेश मडैलगायतले कार्यकक्षमै दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित भट्टलाई आरोपितहरूले असोज २६ गते दिउँसो १ बजे कार्यकक्ष भित्र प्रवेश गरी गाली गलौज गर्नुका साथै हातपात गरेपछि पीडित न्यायका लागि जिल्ला सदरमुकाम आएका छन् । उक्त घटनापछि प्रशासकीय प्रमुख, लेखा प्रमुख लगायतका कर्मचारी गाउँपालिका छोडेर सदरमुकाम आएका हुन् । घटनाको बारेमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको पीडित भट्टले बताए । कर्मचारीमाथि कार्यकक्षमै दुर्व्यवहार गरेका आरोपितहरू फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी कान्तिराज जोशीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth youth
INSEC

0 Comments

Related Reports