Incident Reports

कथित बोक्साको आरोपमा कुटपिट

2018-10-17

Lumbini, Bardiya, Thakurbaba, Ward 5

ठाकुरबाबा नपा–५ शाहीपुरका ६४ वर्षीय वृद्ध कुकुरा थारुलाई कथित बोक्साको आरोपमा बुधबार राति सोही ठाउँका ४० वर्षीय नैपाल थारु, ३७ वर्षीय गोपाल थारुसहित ६–७ जनाको समूहले मरणासन्न हुनेगरी कुटपिट गरेको छ। गाउँघरमा सामान्य झारफुक गर्ने गरुवाका रुपमा परिचित कुकुरालाई आफ्नै गोत्र पर्ने नैपाल थारुले साँझपख घरमा बोलाएर बोक्सा भएको भन्दै कुटपिट गरेको पीडितका छोरा श्रीराम थारुले बताए। श्रीरामका अनुसार नैपाल थारुले आफ्नो घरमा देउताको अगाडि अख्खोर्या (गुरुवाद्वारा मन्त्र उच्चारण गरी व्यक्तिको शरीरमा देउता चढाएर काँप्दै मादलको तालमा नाच्ने खेल) खेल्न बेलाएर लगेका थिए। गुरुवाले मन्त्र उच्चारण गर्दै अन्य व्यक्तिहरु काँप्दै नाच्न थालेको र कुकुरा नकापेपछि उनले आफूमा मन्त्र गरेर देउता पस्नबाट रोकेको भन्दै बोक्सा भएको आरोप लगाउँदै कुटपिट गरेका थिए। कुकुराले वृद्ध भएका कारण अख्खोर्या खेल्न मन नलागेको भन्दै आफ्नो बचाउ गरेपनि उनीहरुले बेतको लट्ठी, मुक्काले शरीरका विभिन्न भागमा प्रहार गरी घाइते बनाएका हुन्। उनको टाउकामा कुटपिटबाट घाउ बनेको छ, मुख सुन्निएको छ, कम्मर र ढाडमा लट्ठीको निलो दाम परेको छ। घटनाको बारेमा इलाका प्रहरी कार्यालय भुरीगाउँमा मौखिक जानकारी गराएको र लिखित रुपमा पनि उजुरी दिन जाने पीडितका छोरा श्रीराम चौधरीले बताए। इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरीक्षक प्रदीप डिसीले घटनाका बारेमा बुझ्न प्रहरीको टोली खटिइसकेको र सत्यतथ्य भए आरोपित पक्षलाई तत्कालै कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , INSEC

0 Comments