Incident Reports

छिमेकीको कुटपिटबाट एकको ज्यान गयो

2018-10-20

Province 1, Taplejung, Mikwakhola, Ward 4

गाईले बाली खाएको निहुँमा विवाद हुँदा छिमेकीको कुटपिटबाट ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवामा एक जनाको ज्यान गएको छ। शनिबार राति कुटपिटबाट गम्भीर घाइते भएका ३५ वर्षीय प्रताप लिम्बुको उपचारका लागि सदरमुकामतर्फ ल्याउँदै गर्दा बाटैमा मुत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख संजयसिंह थापाका अनुसार गाउँका २–३ जनाको समूहले मदिरा सेवन गरी लिम्बुलाई कुटपिट गरेका थिए। लिम्बुको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल ल्याइँदै गरिएको र घटनामा संलग्नको खोजी भइरहेको थापाले बताए । ‘उक्त स्थानमा फोनमा र प्रहरीकै सेटमा पनि सम्पर्क हुन नसक्दा घटनाको बारेमा विस्तृत जानकारी आइसकेको छैन,’ प्रहरी प्रमुख थापाले भने, ‘प्रहरी टोली फर्किसकेपछि थप विवरण थाहा हुन्छ।’ नेपाल टेलिकमको स्काई फोनमा समस्या आएको र साँवामा स्काई फोन मात्रै टिप्ने भएकाले घटनाबारे ढिलो जानकारी आएको हो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website

0 Comments

Related Reports