Incident Reports

भ्यानमा लुकेर मोटरसाइकल चालकमाथि सांघातिक आक्रमण, घटना शंकास्पद : प्रहरी

2018-10-13

Bagmati, Lalitpur, Lalitpur

मोटरसाइकलमा सवार एक युवकमाथि ग्वार्कोमा आक्रमण भएको छ। शनिबार साँझ करिब ६ बजेतिर ग्वार्कोस्थित बी एन्ड बी अस्पताल नजिकै मोटरसाइकलमा सवार सिराहाका दीपेन्द्र विश्वकर्मामाथि आक्रमण भएको हो।

धारिलो हतियारका कारण उनको घाँटीमा गहिरो चोट लागेको छ। भ्यानमा लुकेर बसेका युवाहरुले बा ४० प १७५३ नम्बरको मोटरसाइकलमा सातदोबाटोतिर गइरहेका विश्वकर्मालाई आक्रमण गरी भागेका प्रहरीले जनाएको छ। आक्रमणकारीहरू रहेको भ्यानको नम्बर भने खुलेको छैन। प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद देखिएको र यसबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर जाउलाखेलका प्रवक्ता शेखर खनालले जानकारी दिए। २७ वर्षका विश्वकर्मा ओरेक नेपाल नामक गैह्रसरकारी संस्थामा एकाउन्टेन्टका रुपमा कार्यरत रहेको खनालले बताए। शनिबार साँझ भ्यानले मोटरसाइकललाई हानेर भागेको सूचना आएको तर घटनास्थल पुगेर हेर्दा दुर्घटना नभई हत्याको प्रयास भएको देखिएको खनालले बताए। घाँटीमा गहिरो चोट भए पनि शरीरका अन्य कुनै भागमा चोट नलागेकाले घटना थप शंकास्पद बनेको उनको भनाई छ। दुईजना महिलाले घाइते विश्वकर्मालाई बी एन्ड बी अस्पताल पुर्‍याएका भएपनि त्यो ठाउँमा आक्रमण भएको कसैले नदेखेका कारण अनुसन्धानमा समस्या भएको उनले बताए। विश्वकर्माको बी एन्ड बी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। उनको स्वास्थ्यमा हिजोभन्दा आज सुधार आएको उपचारमा संलग्न चिकित्सकलाई उद्‍धृत गर्दै खनालले जानकारी दिए। उनले भने ‘उनी बोल्न सके अनुसन्धान गर्न सजिलो हुन्थ्यो। ईसाराले कुरा गर्न सक्ने भएका छन्।' प्रहरीले विश्वकर्माको मोबाइल फोनलाई पनि अनुसन्धानको आधार बनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports