Incident Reports

एमाले र एमाओवादीका कार्यकर्ता बीच झडप l

2013-11-11

Rabindra Pandey ढुङ्गेगढी गाविस-८ मा चुनावी आमसभामा सहभागी हुन जाँदै गर्दा एमालेका कार्यकर्तालाई एमाओवादी र वाईसीएलका कार्यकर्ताले ढुङ्गेगढी गाविस-८ बाटो छेक्न खोजेपछि उनीहरु बीच कात्तिक २५ गते दिउँसो झडप भएको छ । ढुङ्गेगढी गाविसका एमाओवादी कार्यकर्ता यमलाल दर्लामी र वीनबहादुर दर्लामीको नेतृत्वमा आएका २० जनाको समूहले एमालेका कार्यकर्तालाई रोक्न खोज्दा झडप भएको हो । झडपमा संलग्न वाईसीएलका वीनबहादुर दर्लामीलाई सोधपुछलागि ढुङ्गेगढी प्रहरी चौकीले नियन्त्रणमा लिएको र उनलाई सामान्य सोधपुछपछि प्रहरीले छोडेको एमालेका जिल्ला अभ्यक्ष तुल्सीराम शर्माले बताए । उनका अनुसार सोही ठाउँमा केही दिन अघि पनि आफ्ना कार्यकर्तालाई अवरोध गर्न खोजे पनि असफल भएको र आज दुवै पक्ष बीच सामान्य झडप भएको र झडपबाट कसैलाई चोट पटक नलागेको शर्माले बताए । रविन्द्र पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis