नापी कार्यालय धनुषामा कार्यरत जन्जिरदार जयगोबिन्द यादव १५ हजार घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले यादबलाई पन्ध्र हजार घुस रकम सहित पक्राउ गरेको हो ।
यादबले लक्ष्मीनिया गाउँपालिका-३ अगिलेश्वाका सीताला देवीसंग जग्गा नापी सच्याउनका लागि १५ हजार घुस मागेको भन्दै रंगे हात पक्राउ गरेको आयोगका बर्दिबासका प्रमुख पुरुषोत्तम ढकालले बताए ।