Incident Reports

दुई ठाउँमा सकेट बम फेलापर्‍यो l

2013-11-12

Natibabu Dhital मांखा गाविस-६ स्थित खाडीचौर बजारमा रहेको जिरीजाने सडकको पुलमा कात्तिक २५ गते बिहान सकेट बम फेला परेको छ । अज्ञात समूहद्वारा राखिएको बम स्थानीयहरूले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरीको सहयोगमा बाह्रबिसे सैनिक ब्यारेकबाट आएको डिस्पोजल टोलीले उक्त बम निस्कृय बनाएको प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोखरेलले बताए । प्रजिअ पोखरेलका अनुसार बेवारेसी अवस्थामा फेला परेको सकेट बम कसले राखेको भन्ने हाल सम्म खुल्न सकेको छैन । यसैगरी, जेठल गाविस स्थित काठमाण्डौँ जिरी सडकको २१ किलो खण्डमा पनि कात्तिक २५ गते बिहान बम फेला परेको प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोखरेलले बताए । प्रजिअ पोखरेलका अनुसार स्थानीय गाउँलेहरूको सूचनाका आधारमा सो ठाउँमा सेनाको बम डिस्पोजल टोली बाह्रबिसे सैनिक ब्यारेकबाट जाँदै गरेको छ । मानिसहरूको बाक्लो आवतजावत हुने बजार क्षेत्रमा भेटिएको सो बम कसले राखेको हो हालसम्म कसैले जिम्मेवारी लिएको छैन । नातिबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis