Incident Reports

कुटपिटबाट मृत्यु भएको आरोपमा एक पक्राउ

2018-10-21

Bagmati, Kabhrepalanchok, Panchkhal

घरायसी झगडाका बेला कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–९ का ४८ वर्षीय डल्ले सार्की रहेको छ । सार्कीले स्थानीयवासी ३७ वर्षीय पूर्णबहादुर विसङ्खेलाई यही कात्तिक ४ गते घरायसी झगडामा कुटपिट गरेको र सोही कारणबाट उनको मृत्यु भएको किटानी जाहेरी दिएपछि सार्कीलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । पूर्ण विसङ्खे बिहीबार दिउँसो ३ बजेतिर काठमाडौँ जाने क्रममा भक्तपुरको सल्लाघारीमा बेहोस अवस्थामा प्रहरीले फेला पारी भक्तपुर अस्पतालमा लगिएको र त्यसपछि थप उपचारका लागि वीर अस्पताल पठाएको थियो । सिटी स्क्यान गर्दा टाउकोमा रगत जमेको र तत्काल शल्यक्रिया गर्नुपर्ने जनाएपछि उपचार नगरी आफन्तले घरमा ल्याएकोमा उनको हिजो बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । “घटनाको अवस्थाबारे बुझ्दै जाँदा कुटपिटबाट मृत्यु भएको भनी राज विसङ्खेले किटानी जाहेरी दिएपछि आवश्यक अनुसन्धानका लागि सार्कीलाई नियन्त्रणमा लिएका हौँ”, प्रहरी नायब उपरीक्षक गिरीले बताए । रासस राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments

Related Reports