Incident Reports

कटुवा पेस्तोल सहित पक्राउ

2018-10-27

Lumbini, Bardiya, Badhaiyatal

भारतको बहराईच थाना मोतीपुर तहसिल नानपाराग्राम बलई गाउँ बस्ने ३० वर्षीय जेहरुदिन जागालाई कटुवा पेस्तोल १ थान र गोली १ राउण्ड सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । वर्दिया बढैयाताल गाउँपालिका-७ तिलकाना चोकमा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis