Incident Reports

चालकहरुको आन्दोलनले यातायात ठप्प सर्वसाधारण मारमा

2018-10-16

नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका कारण पूर्वी नेपाल तथा देशभर सार्वजनिक यातायात ठप्प रहेको छ । सरकारद्वारा जारी गरिएको मुलुकी संहिता अन्तर्गत सवारी ऐन यातायात मजदुर मैत्री नभएको भन्दै मंगलवारदेखि गरीएको सार्वजनिक यातायात वन्दले सर्व साधारण लाइ मार परेको छ । जारी गरिएको ऐन संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका चालकले माग पूरा नभए सम्म यातायात नचलाउने घोषणा गरेका हुन् । ऐनमा सवारी चालकहरुलाई अपराधि सरह व्यवहार गरी जन्म कैदको फैसला गरेको व्यवस्था प्रति आफुहरु असन्तुष्ट रही यातायात वन्द गर्न वाध्य हुनुपरेको जारी ज्ञापनपत्रमा उल्लेख छ । चालकहरुको आन्दोलनको कारण यातायातका साधनहरु सडकमा कुदेका छैनन् । मंगलवार वाट नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिका नाममा भएको आन्दोलनका कारण यात्रीहरु मारमा परेका छन् । सवारी दुर्घटनावाट हुने सम्भावित दुर्घटनामा कानुनी कार्वाहिको व्यवस्था अवैज्ञानिक र चालकहरु विरुद्ध निरङकुश भएको भन्दै चालकहरु आन्दोलित भएको वताएका छन् । पाँचथरमा पनि मंगलवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउदै मुलुकि संहितामा भएको व्यवस्था सच्याउन माग गरेका छन् । चालकहरुले सामुहिक रुपमा लाईसेन्सको फोटो कपि बुझाउदै ज्ञापनपत्र दिएका हुन । वन्दलाइ थप प्रभावकारी वनाउन मोटरसाईकल समेत चल्न नदिने गरी सम्वन्वय भइरहेको यातायात चालक महेन्द्र खड्का वताउँछन् । आन्दोलनका कारण यात्रुहरु विचल्लीमा छन् भने किसानहरुले उत्पादन गरेको कृषिजन्य उत्पादन थन्किएपछि लाखौको क्षति भएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Panchthar

0 Comments