Incident Reports

बाल यौन दुर्व्यवहारको आरोपमा एक पक्राउ

2018-08-31

बाल यौन दुर्व्यवहारको आरोपमा एक जनालाई कंचनपुर प्रहरीले पक्राउ गरेको छ। बेलडाडी गाउँपालिका २ ढकनियाका ५७ बर्षीया राजेन्द्र बिष्टलाई बालिकालाई चकलेटको लोभ देखाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो। प्रहरीका अनुसार बिष्टले बिद्यालयबाट फर्किदै गरेका ६ बर्षीय दुई बालिकालाई चकलेटको लोभ देखाई कोठामा लगेर यौन दुर्व्यवहार गरेका हुन्। भदौ १५ गते नै उक्त घटना घटेको भएपनि आरोपी बिष्टले बालिकाको ज्यान मार्ने धम्की दिएका कारण प्रहरीमा उजुरी नदिएको इलाका प्रहरी कार्यालय बेलडाडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले बताए। पिडित बालिकाले शुक्रबार आफ्नी आमालाई बिष्टले आफूहरुमाथि अनैतिक कार्य गरेको भनेपछि अभिभावकले बिष्टबिरुद्द इप्रकामा मौखिक उजुरी गरेका हुन्। मौखिक उजुरीका आधारमा बिष्टलाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक बयानमा बिष्टले आफूमाथि लागेको आरोप अस्वीकार गरेको प्रहरी निरीक्षक बमले बताए। स्वास्थ्य परिक्षणका लागि महाकाली अंचल अस्पताल पठाइएको छ। मेडिकल रिपोर्ट आएपछि त्यसकै आधारमा कारबाही प्रक्रिया अगाडी बढाइने प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
Local Newspaper - Siraha

0 Comments

Related Reports